काठमाडौं । गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका-५ रेसामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गएरातिदेखि परेको वर्षासँगै पहिरो जाँदा धार्चे गाउँपालिका-५, रेसामा घर र कृषि फर्म बगाएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
बेपत्ताहरूको परिचय खुल्न बाँकी रहेको उनले बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


