Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेप्सेले गर्‍यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो


ग्लोबल पाना
आइतबार, साउन १३ २०८१
  • 360
    SHARES

  • images
    नेप्सेले गर्‍यो मौद्रिक नीतिको स्वागत, ११३ अंकले बढ्यो

    काठमाडौं। नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ ।

    images
    images
    images

    आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भएको छ । आज बैंकहरुको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआइएमबी, सानिमा, एनएमबी, प्रभु, ग्लोबल आइएमइ, सिटिजन, प्राइम, कृषि विकास बैंक र नेपाल बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ उपकार लघु वित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी गणपति लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा पनि कुमारी बैंकको १७ लाख ६ हजार ५८२ कित्ता शेयर किनबेच भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ