Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

‘भाले बाघले आफ्नो क्षेत्रमा पाँचवटासम्म पोथी भएको रुचाउँछ’


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 206
    SHARES

  • images
    ‘भाले बाघले आफ्नो क्षेत्रमा पाँचवटासम्म पोथी भएको रुचाउँछ’
     

    सरकारले बाघ संरक्षणको लागि नीति ल्याएर बाघको संरक्षण गरिरहँदा संरक्षित क्षेत्र वरपर रहेका बाघ पीडित स्थानीयहरुको नजरमा भने बाघ फरक ठानिएको होला । केही मानिसको आफ्नै गल्तीका कारण पनि बाघबाट पीडित हुन परेको छ । बाघ र मानिसको युद्धका कारणले यसलाई फरक हिसाबले हेरिएपनि बाघ मानव जीवनका लागि पनि महत्वपूर्ण जनावर हो । यसले विषेशगरी पारिस्थितिक प्रणाली संरक्षणका लागि र विषेशगरी मधेशमा सन्तुलन कायम गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको छ । मधेशमा रहेका धेरै प्रजातिका जनावरहरुलाई पनि एउटा सन्तुलनमा राख्न सक्ने महत्वपूर्ण बन्यजन्तु हो बाघ ।

    नेपालको पर्यटनको क्षेत्रमा समेत बाघले महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा बाघलाई मात्र हेर्न भनेर आउने विदेशी पर्यटकहरु समेत छन् । संसारका १३ वटा देशमा मात्र बाघ पाइन्छ भन्ने तथ्य थियो । एक दुई देशमा त बाघहरु लोप हुँदै पनि गएका छन् । केही देशमा यसको संख्या निरन्तर घट्दै गएपनि नेपाल भने एक अब्बल र आशावादी हुने ठाउँमा आइपुगेको छ । यद्यपी, हामी कहाँ चुनौतीहरु समेत थपिँदै गएका छन् । बाघ हुनुको फाइदा र हानी समेत बराबर छ । त्यसैले पनि धेरैले हिंसात्मक जनावरका रुपमा बुझ्दै आएका छौं ।

    रसिया युरोपियन देश भएपनि एसियातर्फको क्षेत्रमा मात्र बाघ पाइने गरिन्छ । सायद प्रकृतिले त्यसै हिसाबले दिएको हो । एसिया महादेशका विभिन्न ठाउँहरुमा पाइने गरेपनि अहिले एकदमै थोरै क्षेत्रमा मात्र भेटिने गर्छ । बाघको आचरण पनि प्रकृतिकै देन हो । बाघको एसिया क्षेत्रमा हुनु प्रकितीकै देन हो । बाघको अन्य देशमा समेत लगेर पाल्ने गरेको भएपनि विषेशगरी एसिया क्षेत्रमा प्रकृतिमै उत्पत्ति भएका हुन् भन्ने अध्ययनले देखाएको छ ।

    बाघले जे पाएपनि झ्याप्प आक्रमण गर्छ भन्ने होइन् । बाघले एउटा शिकार गर्नका लागि धेरै नै शक्ति खेल फाल्छ । बाघले अगाडिबाट अथवा पछाडिबाट आक्रमण गर्ने भन्ने विषय उसको आचरण भित्र पर्ने कुरा हो । कुनैपनि विरालो प्रजातीका जनावरहरुको आक्रमण गर्ने छुट्टै आचरण हुन्छ । तर, अरुलाई आक्रमण गर्ने क्रममा ९० प्रतिशतसम्म बाघ फेल हुन्छ । अर्को कुरा बाघले मानिसलाई देखिहाल्ने वित्तिकै आक्रमण गर्ने भन्ने विषय पनि गलत हो । नजिकै जम्काभेट भइहाले डिफेन्सका लागि गर्ला, त्यो फरक कुरा हो । तर अलि टाढा देखियो भने उसले आक्रमण नगरी आफ्नै बाटोबाट निस्किएर जान्छ ।

    बाघले एकपटक आक्रमण गरेको कति दिनपछि फेरि आक्रमण वा शिकार गर्छ भन्ने ऋतुले पनि फरक पार्छ । चिसो समयमा एकै समयमा ४०–५० किलो नै मासु खाएर सुरक्षित स्थानमा बस्छ । शिकार पनि सुरक्षित गर्छ । एक हप्ताको लागि सुरक्षित ठाउँमा पनि राखेर फेरि आएर खाने गरेको हामीले पाएका छौं । गर्मी सिजनमा भने मासु छिट्टै कुहिने गर्छ । कुहिएको मासुमा उसको खासै आकर्षण हुँदैन । बाघले जहिले पनि सिजन र आवश्यकता अनुसार मात्र शिकार गर्ने गर्दछ । पोथी बाघले बच्चाहरु हुर्काउने समयमा अलि बढि नै शिकार गर्ने संभावना हुन्छ । औसतमा बाघले एकपटक शिकार गरेको अवस्थामा चार पाँच दिनलाई पुग्ने भएको कारणले यस्तै अन्तरालमा बाघले शिकार गर्ने गरेको पाइन्छ ।

    संसारमा बाघका नौ प्रजाती थिए । त्यसमध्ये अहिलेसम्म तीनवटा प्रजाती लोप भइसकेका छन् । ६ वटा प्रजाति अहिले पनि छन् । जसमध्ये पनि सबैभन्दा बढी नेपालमा भएको बाघ हो । भाले बाघ र पोथी बाघको वजनको तुलना गर्ने हो भने पोथी बाघ भाले भन्दा झण्डै आधा कम हुन्छ । व्यवहारको हिसाबले पनि फरक हुन्छ । भालेले एउटा क्षेत्रफल नै ओगटेको हुन्छ । उसले आफ्नो क्षेत्रमा चार–पाँचभन्दा बढी पोथी बाघहरु हुन् भन्ने रुचाउँछ ।

    बाघको संरक्षण सरकारको प्राथमिकतामा रहेको छ । यसकारण १० देखि १५ वर्षको अवधिमा बाघको संख्या बढेर दोब्बर हुन पुगेको छ । बाघको सन्दर्भमा देखिएका चुनौतीहरुको सामना गर्दै नेपाललाई बाह्य पर्यटकको मुख्य गन्तव्य बनाउन सकिन्छ । यसका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनु आजको आवश्यकता हो । बाघ संरक्षणलाई आम्दानी र आर्थिक वृद्धिको क्षेत्रमा देशलाई योगदान दिने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।- Aina Khabar

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ