Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचारको फाइल खोल्दा प्रचण्ड सरकार ढलेको होइन, सिरोहियामाथिको आरोप पनि निराधार : विश्वप्रकाश


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 364
    SHARES

  • images
    भ्रष्टाचारको फाइल खोल्दा प्रचण्ड सरकार ढलेको होइन, सिरोहियामाथिको आरोप पनि निराधार : विश्वप्रकाश

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहको दाबी गरेका छन्। आइतबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले बिभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको आरोप लगाए।

    images
    images
    images

    उनले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि निराधार पुष्टि भएको दाबी गरे।

    शर्माले बिभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए।

    उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी-इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे। सरकारलाई बिभिन्न सुझाव दिँदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न समेत सुझाव दिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ