Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

त्रिशूलीमा हराएको चुम्बक भेटियो, बस फेला परेन


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 272
    SHARES

  • images
    त्रिशूलीमा हराएको चुम्बक भेटियो, बस फेला परेन

    चितवन। सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ। बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो। उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उहाँले बताए।

    images
    images
    images

    गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो।

    बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए। हालसम्म २४ जनाको शव भेटिएको छ। तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ। अन्य छ शवको पहिचान खुल्न सकेको छैन। अझै ३८ यात्रु र बस भेटिएका छैनन्।

    हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए। जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो। बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ