Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक


ग्लोबल पाना
सोमबार, साउन १४ २०८१
  • 281
    SHARES

  • images
    संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्। सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए। उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

    images
    images
    images

    समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे। देश-विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

    यस्तै छानविन समिति संयोजक सुर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धि मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरुलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए।

    यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरुको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताएका थिए। बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ