Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

उपत्यकाका नदी किनारका आसपास क्षेत्र डुबानमा


ग्लोबल पाना
बुधबार, साउन १६ २०८१
  • 339
    SHARES

  • images
    उपत्यकाका नदी किनारका आसपास क्षेत्र डुबानमा

    काठमाडौं। मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

    images
    images
    images

    बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

    काठमाडौं उपत्यकामा पनि आज भारी वर्षा भएको छ। निरन्तरको वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ।

    बागमति, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ। भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी जमेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ