Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन


ग्लोबल पाना
बिहीबार , साउन १७ २०८१
  • 282
    SHARES

  • images
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

    सुनसरी। कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा रु४० लाख १४ हजार सात सय ९४ राजस्व संकलन गरेको छ। आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु ४० लाख १४ हजार सात सय ९४ राजस्व संकलन गरेको हो।

    images
    images
    images

    सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले रु ३९ लाख ९४ हजार चार सय आठ राजस्व संकलन गरेको थियो।

    हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु सात सय ५० अन्य देशका आगन्तुकले रु। एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ।

    आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासंघ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए। विभिन्न प्रजातिका चरा, अर्ना, गैंडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ