Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

७६ वर्षमा नागरिकता पाउँदा


ग्लोबल पाना
शनिबार, साउन १९ २०८१
  • 282
    SHARES

  • images
    ७६ वर्षमा नागरिकता पाउँदा

    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । २००५ सालमा जन्मिएकी सुनुवारले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नेपाली नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् । नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी सुनुवारको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका हुन् ।

    images
    images
    images

    यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भए पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूले नमानेको कारण नागरिकता बनाइदिन नसकेको वडाध्यक्ष नेवारले बताए । ती महिलाको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखत बसिदिन भनेपछि नागरिकता बनेको श्रेष्ठले बताए । ‘ती महिलाका दिदी र बहिनीहरू रहेछन्, उनीहरु पहिला नै विवाह गरेर बाहिर गएका, बाबु–आमा मरिहाले, दाजु–भाइ कोही नभएका, जग्गा जमिन पनि केही नभएको, कहिले कसकोमा, कहिले कसकोमा बसेर काम गर्दै खाँदै आएकी, अब वृद्ध अवस्था भएपछि समस्या र्पयो, नेपाली नागरिकता बनाइदिन पाए कम्तीमा राज्यले दिने ज्येष्ठ नागरिक भत्ता त आउँथ्यो भनेर धेरै प्रयास गरियो, यस अघिका प्रमुख जिल्ला अधिकारीहरूले मान्नु भएन, अहिलेको प्रमुख जिल्ला अधिकारीले समस्या बुझ्नु भयो, बिहीबार उनको नागरिकता बन्यो’, नागरिकता बनाउन ती महिलालाई साथमा नै लिएर सदरमुकाम मन्थली आएका नेवारले भने ।

    बिहीबार नागरिकता बन्ने बित्तिकै शुक्रबार सामाजिक सुरक्षा भत्ताको लागि उनको फाराम भरिदिएको नेवारले बताए । ‘यति भएपछि कम्तीमा महिनाको ४ हजार रुपैँया आउँछ, एकजनाको दुःख–सुख जीविका चल्छ’, नेवारले भने । शान्ति मायासँगै सोही वडाका तीन पुस्ता भित्र परिवारका अन्य सदस्य कोही नभएका ३० वर्षका धनराज सुनुवारले पनि बिहीबार नै नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । सनाखत बस्ने मानिस कोही नभएको कारण उनको पनि नेपाली नागरिकता बनेको थिएन ।

    उनको पनि वडाध्यक्ष नेवार र कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका छन् । ‘धनराजको त बाबुको नामको जग्गाधनी पुर्जा थियो, नागरिकता बनाउन सहज थियो, तर शान्तिमायाको समस्या नै थियो, प्रमुख जिल्ला अधिकारीले समस्या बुझिदिएको कारण नागरिकता बन्यो’, उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ