Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नसामा लठ्ठ युवाले मलाई घेरे : सोबिता गौतम


ग्लोबल पाना
सोमबार, साउन २१ २०८१
  • 322
    SHARES

  • images
    नसामा लठ्ठ युवाले मलाई घेरे : सोबिता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा-६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

    images
    images
    images

    ‘म बाढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ-२ को कागेश्वरी मनोहरा-६ को मनोकामना टोलमा गएको थिए । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५-१० जना युवाहरु जम्मा हुनुभएको रहेछ । ति युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो, ’उनले भनिन्,‘एकाएक मलाई घेर्न थाल्नुभयो ।

    बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुव्र्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ