Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बृद्धि


ग्लोबल पाना
मंगलबार, साउन २२ २०८१
  • 281
    SHARES

  • images
    हिमालयन बैंकको नाफा ८१.६० प्रतिशतले बृद्धि

    काठमाडौं । हिमालयन बैंक लिमिटेडको नाफा ८१ दशमलव ६० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष १ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको यस बैंकले गत वर्ष २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ नाफा गर्न सफल भएको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १७ दशमलव १२ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब ९२ करोड ७ लाख रुपैयाँ थियो ।

    images
    images
    images

    गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी पनि १३ दशमलव ५३ प्रतिशतले बढेर १३ अर्ब १४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ११ अर्ब ५७ करोड ७८ लाख कुल सञ्चालन आम्दानी गरेको थियो ।

    बैंकको इम्पेयरमेन्ट चार्ज ४२ दशमलव ७६ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँमा झरेको छ । यससँगै बैंकको सञ्चालन नाफा ६७ दशमलव ४३ प्रतिशले बढेर ५ अर्ब १६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ