Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौं : गृहमन्त्री लेखक


ग्लोबल पाना
बुधबार, साउन २३ २०८१
  • 231
    SHARES

  • images
    सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौं : गृहमन्त्री लेखक

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र  द्वन्द्वलाई  शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन् ।आज (बुधबार) टीआरसी विधेयकमा सहजिकरणका लागि कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताएका हुन् ।

    images
    images
    images

    उनले भने,  ‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ , किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ ।’

    साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे ।  उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ