Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मौरी संरक्षण सचेतता अभियानको साधारण सभा सम्पन्न


ग्लोबल पाना
बिहीबार , साउन २४ २०८१
  • 394
    SHARES

  • images
    मौरी संरक्षण सचेतता अभियानको साधारण सभा सम्पन्न

    पोखरा ,साउन २३ ।   पोखरा महानगर पालिका वडा न २५ स्थित मौरी संरक्षण सचेतता अभियानको  प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन बुधबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

    images
    images
    images

    पौडेलले  एक घर एक घार मौरी अभियान संचालन गरेर उदारहणिय कार्य शुरु गरेकोमा संस्थालाइ आभार व्यक्त गर्दै यो अभियान समग्र जिल्ला भरी संचालन गर्न पहल गर्नुपर्ने उल्लेख गर्नुभयो। मौरी पालनबाट स्वास्थ्य र जीबनमा महत्वपूर्ण भुमिका मात्र खेल्ने नभएर पर्यावरणीय सन्तुलन सहित  ब्यबसायिक मौरी पालनबाट प्रभाबकारी आय आर्जनको माध्यम समेत हुने भएकोले मौरी संरक्षण अभियानलाई थप  कृयाशिल बनाउन आग्रह गर्नुभयो।

    मौरी पालक कृषकहरूले मौरी संरक्षणमा  गम्भीर चुनौतीपूर्ण समस्या भोग्नु परेको अबस्थामा सो  अभियान समग्र जिल्लामा नै मौरी संरक्षणमा कोषेढुङ्गा साबित हुनेगरी कार्य गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का अध्यक्ष मोतिलाल तिमिल्सिना, रेडक्रस कास्कीका सभापति  डण्डराज शर्मा,  रेडक्रस सोसाइटी वडा न २५ का अध्यक्ष नेत्रपाणि भण्डारी, मानब अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी, सो वडाका  सदस्यत्रय  सुबास भण्डारी,  धना पोख्रेल तिमिल्सिना, तारा बि.क., ने क पा (एमाले) जिल्ला  कमिटी सदस्य घनश्याम तिमिल्सिना, नेकपा (एमाले) एमाले वडा न २४ का अध्यक्ष थमन गिरी, नेपाली काङ्ग्रेसका प्रतिनिधि दिपक थापा, नेकपा (माओवादीकेन्द्र) का  आरती अधिकारी, रास्वपा वडा न २५ का  अध्यक्ष भरत बहादुर अधिकारी, सुइखेत टोल बिकासका अध्यक्ष  बोधराज अधिकारी, तिनखोले सामुदायिक बन उपभोक्ता समितिका  अध्यक्ष  शोभाखर तिमिल्सिना, कालिका आमा समुहका अध्यक्ष  धनमाया सुवेदी, कृषि प्राबिधिक  पुष्पा हमाल सहितले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

    मौरी संरक्षण सचेतता अभियानका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  स्वागत उपाध्यक्ष महादेब अधिकारी र  संचालन सचिब  कपिलराज  दाहालले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ