Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भु- संरक्षण दिवसको अवसरमा बास रोपण


ग्लोबल पाना
बिहीबार , साउन २४ २०८१
  • 370
    SHARES

  • images
    भु- संरक्षण दिवसको अवसरमा बास रोपण

    पोखरा । ५० औं भु-संरक्षण दिवस २०८१ को अबशरमा बास रोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरे। पौडेलले जलवायु उत्थानशिलताका लागि ब्यबस्थित जलाधार भएको बताउदै जल जमिन र जंगलको संरक्षण नै समृद्धिको मुख्य आधार भएको उल्लेख गरे।

    images
    images
    images

    पौडेलले ब्यबस्थित जलाधारबाट नै जलवायु परिबर्तनका असर न्यूनीकरण हुने उल्लेख गर्दै बिकास निर्माण पर्यावरणमैत्री बनाउने तर्फ ध्यान दिन आग्रह गरे । बाताबरण मैत्री बिकास बिना दिगो बिकासका लक्ष्य प्राप्ति असम्भव रहेको भन्दै प्रमुख पौडेलले बृक्षारोपण लगायतका कार्यक्रम जलवायू उत्थानमा सहयोगि हुने बताए।

    कार्यक्रममा सो वडाका अध्यक्ष रामकाजी गुरुङ, वडा सदस्य चेत बहादुर क्षेत्रि सहितका जनप्रतिनिधि र स्थानियहरूको सहभागीता रहेको थियो । बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीका निमित्त कार्यालय प्रमुख अमर अधिकारीले रोपिएका बिरूवाको उचित स्याहार सम्भार र रेखदेखमा ध्यान दिन स्थानिय वडा र स्थानियबासीलाई आग्रह गरे।

    बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकीको ब्यबस्थापन र पोखरा महानगर पालिका वडा न २३ को कार्यालयको संयोजनमा सोही वडाको बाम्दिस्थित हर्पनकोला किनार मा करिब ५० वटा बासका बिरुवा रोपिएको हो

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ