Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले निराशा चिर्दै नागरिककाे दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
शनिबार, साउन २६ २०८१
  • 296
    SHARES

  • images
    सरकारले निराशा चिर्दै नागरिककाे दैनिकी सहज बनाउने गरि काम गर्नेछ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएकाे निराशालाई कामबाटै चिर्ने र नागरिककाे दैनिकी सहज बनाउने बताएका छन् ।

    images
    images
    images

    आज काठमाडौं क्षेत्र नं १ मा आयाेजित कार्यक्रममा बाेल्दै उहाँले सरकारले जनताले अनुभूति गर्ने गरि काम गरेर निराशा चिर्ने बताए । अहिलेकाे सरकार विशिष्ट अवस्थामा बनेकाेबारे सबैलाई जानकारी रहेकाे भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

    `सरकारले अहिले समाजमा देखिएकाे निराशालाई चिर्ने, काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,´ उपप्रधानमन्त्री सिंहले भने , `सरकार गठनअघि देशलाई समृद्धिकाे मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएकाे सहमतिकाे जगमा याे सरकार बनेकाे तपाईहरूलाई थाहै छ ।´

    आफ्नै निर्वाचन क्षेत्रमा आयाेजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएकाे भन्दै मतदाताकाे चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेकाे र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेकाे बताए ।

    अर्काे फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले जनमतकाे उपेक्षा गर्दै केही दलहरूले निराशा र अस्थिरता बढाउने गरि भ्रम छरेकाले त्यसलाई राेक्न बनेकाे कांग्रेस एमाले सम्मिलित सरकारलाई काम नगर्ने छुट नरहेकाे सिंहले पुन दाेहाेराए । कार्यक्रम बागमती प्रदेसका मन्त्री दाेय हरिप्रभा खड्गि र सुरजचन्द्र लामिछाने काे पनि सभागिता रहेकाे थियाे ।

    सामाजिक सञ्जाल सन्देश प्रवाहकाे महत्वपूर्ण माध्यम भएपनि दुरूपयाेग भइरहेकाे र केही दलले सामाजिक सञ्जाललाई भ्रम छर्ने माध्यम बनाएकाे भन्दै त्यसमा सचेत रहन पनि उनले आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ