Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संचारकर्मीद्वय लम्साल र गिरि सहित खेलाडी एबम ब्यबसायीहरू सम्मानित  


ग्लोबल पाना
शनिबार, साउन २६ २०८१
  • 527
    SHARES

  • images
    संचारकर्मीद्वय लम्साल र गिरि सहित खेलाडी एबम ब्यबसायीहरू सम्मानित  

    साउन २६,पाेखरा  ।  अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा राष्ट्रिय युवा परिषद्काे आयाेजना र रिटर्नी माइग्रेट नेपालकाे समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएकाे छ।

    images
    images
    images

    प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष  रामजी प्रसाद लम्साल र  सफल न्युज डटकमका कार्यकारी सम्पादक  एकराज गिरी,, खेलाडी एंव पाेखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गाेदार,सहित सम्मानित भएका हुन् ।

    त्यसैगरी सम्मानित हुनेहरूमा  खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चाैधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गा प्रसाद आचार्य, शाेभाखर अधिकारी रहेका छन् ।   

    गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर राेका, कार्यक्रम संयाेजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दाेसल्ला, अविर र सम्मानपत्र सहित सम्मान गरे ।  

    प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेकाे र त्यसले जनतामा निराशा पैदा गरेकाे बताउदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएकाे संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्य का लागि काँग्रेस एमालेकाे सरकार बनेकाे बताए ।  

    उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाकाे संचारका लागि सरकारले काम गर्ने बताए । उनले रिटनीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भुमिका खेल्ने कार्कीले बताए । राेजगारीका लागि विदेशमा बसेर आएकाहरुकाे सीप र ज्ञानलाई स्वदेशमा उपयाेग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएकाे कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।  

    कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्द बहादुर राेका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनि, सम्मानितका तर्फबाट संस्थापक अध्यक्ष बुद्धि प्रसाद सुवेदी, दिपकबहादुर गाेदार,रिटनी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल, एशिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटनी सेन्टर नेपाल केन्द्रीय सदस्य चुडामणि अधिकारी, उपाध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले बाेलेका थिए ।

    कार्यक्रम रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेलाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम संयाेजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका संस्थाका कोषाध्यक्ष माधब भण्डारीले जानकारी दिए  ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ