Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा


ग्लोबल पाना
मंगलबार, साउन २९ २०८१
  • 277
    SHARES

  • images
    भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन : रास्वपा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार कसुरका लागि पाँच बर्षे हदम्यादको विरोध जनाएको छ। सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने निष्कर्ष निकालेको हो।

    images
    images
    images

    रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने दलको निष्कर्ष रहेको बताए। त्यस्तै उहाले जलनसम्बन्धी गैरसरकारी विधेयकका बिषयमा बैठकमा छलफल भएको छिट्टै सदनमा दर्ता गर्ने जानकारी दिए।

    बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको समर्थन गर्दै सदनमा उक्त विधेयकको समर्थनमा धारणा राख्ने उनले बताए। त्यस्तै बैठकमा सदन र संसदीय समितिमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने बिषयमा छलफल भएको परियारले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ