Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री


ग्लोबल पाना
बुधबार, साउन ३० २०८१
  • 286
    SHARES

  • images
    सामाजिक सञ्जालको दुरुपयोग गरेर सामाजिक घृणा फैलाउने अभ्यास भएका छन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमनकालिन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताएका छन् । मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले, टिआरसि विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आउने अधिवेशनबाट नै पास गर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘हामी टिआरसि सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पास भएर प्रतिनिधिसभामा पेस भएको छ । त्यस सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो राय व्यक्त गर्ने शिलशिला चल्छ भोली त्यसपछि त्यो एक दुई दिनमा पास हुन्छ । र राष्ट्रिय सभामा जान्छ । र मैले हाम्रो कार्यदल बनाउँदा नै भनेको थिए । यही अधिवेशनबाट पास हुन्छ । यही अधिवेशनबाट हामी त्यसलाई पास गर्छौ ।’ उनले अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने जस्ता क्रियाकलापहरु भइरहेको बताए ।

    असभ्यताको, असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने खालका अभ्यासहरु पनि भइरहेको उनको भनाई छ ।

    उनले भने, ‘अहिलेको स्थितिमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने सामाजिक घृणा फैलाउने, घृणाको असभ्यताको असामाजिकताको अभ्यास गरेर त्यसलाई बढवा दिने सामाजिक मूल्य मान्यताहरु तोड्ने त्यसप्रकारका अभ्यासहरु भइरहेको छन् ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ