Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे


ग्लोबल पाना
बुधबार, साउन ३० २०८१
  • 230
    SHARES

  • images
    पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे

    गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको २९औँ साधारणसभा एवं १३औँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पर्यटनसम्बद्ध संघसंस्थासँगको समन्वयमा यस क्षेत्रमा देखिएका कानुनीलगायत समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    images
    images
    images

    मुख्यमन्त्री पाण्डेले पर्यटन राजधानी घोषणाले पोखराको पर्यटन ‘ब्राण्डिङ’ भएको र यसका माध्यमबाट समग्र गण्डकी प्रदेशको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। सरकारले प्रदेशमा खेल पर्यटनको विकाससँगै धार्मिक पर्यटन विकासमा जोड दिइएको भन्दै उनले मनाङ र मुस्ताङमा ‘हाई अल्टिच्युड’ खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिए। पोखराको पर्यटन प्रवर्द्धन गर्न चाँडै सातवटै प्रदेशका पर्यटनमन्त्री तथा संघीय पर्यटनमन्त्रीसहित सम्मेलन गर्ने तयारीमा सरकार रहेको पनि उनले बताए।

    प्रदेशसभा सदस्य प्रकाश बरालले पर्यटनलाई उद्योगका रूपमा विकास गर्नु जरूरी भएको धारणा राखे।

    नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले नेपालको पर्यटनमा गण्डकी प्रदेशको योगदान महत्वपूणर् रहेको बताए। पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधारसँगै गतिवधि बढाउनुपर्नेमा उनले जोड दिए। नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले पोखरासहित समग्र देशको पर्यटन प्रवर्द्धन स्वदेश तथा विदेशमा गर्ने कुरामा नाट्टा सक्रिय रहेको बताए।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालको समृद्धि पर्यटनबाट नै सम्भव भएको बताए। कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्त, कोशी प्रदेशका अध्यक्ष पुण्य भट्टराई, मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने, सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंह, पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेललगायतले सरकारले पर्यटनमैत्री नीति निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ