Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुलीमा बन्चरो प्रहारबाट बुबाको हत्या


ग्लोबल पाना
बुधबार, साउन ३० २०८१
  • 379
    SHARES

  • images
    सिन्धुलीमा बन्चरो प्रहारबाट बुबाको हत्या

    सिन्धुली । सिन्धुलीमा छोराको बन्चरो प्रहारबाट बुबाको ज्यान गएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका९७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लाल बहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अमृतले बुबा लालबहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेका थिए। उनको घटना स्थलमै ज्यान गएको थियो।

    घटनाको खबर प्राए लगत्तै प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृतसहितको टोली खटिएकोमा विकलाई बन्चरोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मृतक विकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ