Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सानो पाइल संस्थाको मन्त्रीले गरे प्रशंसा


ग्लोबल पाना
शुक्रबार, साउन ३२ २०८१
  • 345
    SHARES

  • images
    सानो पाइल संस्थाको मन्त्रीले गरे प्रशंसा

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सानो पाइला संस्थाले समाजमा एकल रहेका व्यक्तिहरुको संरक्षणमा सहयोग पुर्याएको बताएका छन् । शुक्रबार सानो पाइलाको परियोजना उद्घाटन गर्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले भने, ‘जहाँ जहाँ समाजमा पीडा छ, सामाजिक न्यायको आवश्यक्ता छ त्यहाँ डोनर वा पार्टनरहरुको सहयोगमा संस्थाले राम्रो काम गरेको पाइन्छ । जहाँ जहाँ समस्या हुन्छ समाजमा पछि परेका व्यक्तिहरुलाई सहयोग गर्न आवश्यक्ता हुन्छ त्यहाँ सबैभन्दा पहिले सानो पाइला संस्था पुगेको हुन्छ ।’

    साथै उनले सानो पाइला संस्थाले भूकम्प पीडितहरुलाई समेत सहयोग गर्नमा पछि नहटेको बताए । उनले कोरोना महामारीको समयमा पनि सानो पाइला संस्थाले भोजनको व्यवस्था गरेर पीडितहरुलाई सहयोग गर्नमा सबैभन्दा अगाडि रहेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ