Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

समाज डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता


ग्लोबल पाना
शुक्रबार, साउन ३२ २०८१
  • 349
    SHARES

  • images
    समाज डेन्टल हस्पीटल प्रा.लि र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

    काठमाडौं ।  काठमाण्डौ महानगरपालिका वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटल प्रा.लि. को सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    images
    images
    images

    समाज डेण्टल हस्पिटल र प्रभु बैंक लि. बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्री श्रेया पाँडे र प्रभु बैंक लि.का बागमती प्रदेश प्रमुख श्री सुदेश कुमार देवकोटा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

    त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ