Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ 'एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४' बाट सम्मानित


ग्लोबल पाना
शनिबार, भदौ १ २०८१
  • 343
    SHARES

  • images
    आमाछोदिङ्मो गाउँपालिका प्रमुख तामाङ  'एसिया  नेपाल इन्टनेशनल अवार्ड २०२४' बाट सम्मानित

    बैंकक । आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ 'एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४' बाट सम्मानित भएका छन् ।

    images
    images
    images

    शैली मिडिया नेटवर्क प्रा.लि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको 'एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४’ अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् ।

    कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

    सम्मानित बुचुङ तामाङको संक्षिप्त परिचय बुचुङ तामाङ् पेशाले राजनीतिकर्मी हुनहुन्छ । जो हाल बागमती प्रदेश, रसुवा जिल्ला स्थित आमा छोदोङ्मो गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । गाउँपालिका अध्यक्षका रुपमा यो उहाँको दोस्रो कार्यकाल हो । त्यसो त हाल उहाँ नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत हुनुहुन्छ ।

    बुचुङ तामाङको जन्म रसुवा जिल्लाको साबिक हाकु गाविसमा २०४४ साल- पुस ५ गतेको दिन भएको हो । रसुवा मा.वि धुन्चेबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएका उहाँले रसुवा स्थित कालिका हिमालय क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

    साठीको दशकको शुरुवाती कालमा माओवादीको लडाकु कमाण्डर बन्नुभएका बुचुङ २०६२/ २०६३ को जनआन्दोलन पस्चात भने पूर्णतया सकृय राजनीतिमा आउनुभएको हो । पहिलो कार्यकालमा नयाँ शक्ति पार्टिबाट एक मात्र निर्वाचित पालिका प्रमुख बन्नु भएका उहाँ पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको हो ।

    ३० बर्ष पुग्दा नपुग्दै युवावय कालमै स्थानीय तह प्रमुखमा निर्वाचित हुनुभई सरकार प्रमुख जस्तो गहन जिम्मेवारी प्राप्त गर्नुभएका बुचुङको छवि एक भिजनरी नेताको रहेको छ । ग्रामीण अर्थतन्त्रलाई नउकास्दासम्म देशले कायापलट गर्न नसक्ने बताउनुहुने उहाँ अपार जल सम्पदा एवम् प्राकृतिक एवम् साँस्कृतिक रुपले वैभवशाली आफनो स्थानीय तहको विकासका निम्ती आफुले ठोस योजना लिएर अघि बढेको बताउनु हुन्छ ।

    गाउँपालिकालाई अर्गानिक पालिका बनाउने लक्ष्यसहित अघि बढनु भएका बुचुङले हिमाली क्षेत्रका दुई सय गोठालालाई सोलार वितरण, शैक्षिक सुधारका लागि कार्यक्रम संचालन तथा स्वास्थ्य र पर्यटन विकाससम्बद्ध विविध कार्यक्रमहरु पस्कनुभएको छ ।

    ग्रामीण अर्थतन्त्र उकास्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यसहित गाउँघरमै रोजगारीको अवसर सिर्जना र राष्ट्रिय उत्पादकत्व ब्रिद्धीमा आफनो ध्यान केन्द्रित राखेर काम गरिरहनु भएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ