Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानबस्न चर्को शुल्क लिएको गुनासो


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 337
    SHARES

  • images
    गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानबस्न चर्को शुल्क लिएको गुनासो

    काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ । यही भदौ ३ गते जनैपूणर्िमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमामा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस बर्ष आठ हजार मात्र भक्तजन निलाद्री पर्वत पुगेको तथ्यांक छ ।

    images
    images
    images

    जनैपूर्णिमाका अवसरमा गत वर्ष १६ हजार भक्तजनले निलाद्री पर्वत पुगेर स्नान गरेको भएपनि यसबर्ष आठ हजार भक्तजन घटेको चोलाङपाटी लाङटाङ राष्ट्रिय निकुञ्जका प्रतिनिधि सिनियर गेम स्काउट अर्जुन गौतमले जानकारी दिए । सुत्ने ठाउँ र खानाकै समस्याका कारण यसरी बर्षेनी भक्तजनको संख्या घटेको तीर्थयात्री क्षितिज मैनालीले बताए । उनले भने, ‘पर्वको अवसरमा घुम्न र गोसाइकुण्डको दर्शन गन भन्ने थियो । तर यहाँको खराब व्यवस्थानका कारणले गर्दा अप्ठ्यारो भयो । अरुलाई घुम्न आउनु भनेर अरूलाई सुझाव दिन सक्ने अवस्था नै छैन । खाने व्यवस्था राम्रो छैन, सुत्ने ठाउँ छैन । शौचालयहरूको समेत व्यवस्था छैन ।’

    गोसाइकुण्ड मेला व्यवस्थापन समितिभन्दा व्यवसायीहरूले बढी पैसा लिने गरेका कारण समेतसमयमा तीर्थयात्रीहरूले हैरानी खेप्नुपरेको मैलानीको भनाइ थियो । यस्तै अर्का यात्री डिल्लीराम आचार्यले पनि खानाको लागि उपयुक्त ठाउँ नभएकाले भक्तजन घटेको गुनासो गरे । यस्तै उनले यातायातको सुविधा नहुनु मूख्य समस्या भएको बताए ।


    उनले भने, ‘भगवानको दर्शन गर्न पाउँदा खुसी त लागेको छ । तर खानबस्नको लागि स्थान उपयुक्त लागेन । होटलहरुले पनि त्यति राम्रो खुवाउँदैनन् । अझ भक्तजनको कमी हुनु भनेको सबैभन्दा मुख्य समस्या यातायात नै हो ।’ साथै उनले समितिले तोकेको पैसा भन्दा खानामा होटल व्यवसायीले बढी पैसा असुलेको आरोप लगाए । कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले २० हजार दर्शनार्थीलाई थेग्न त्यहाँका होटल व्यवसायीहरूलाई हम्मेहम्मे परेको थियो । तर यो वर्ष यात्रुको चाप थोरै भए पनि खोलिएका लजले थेग्न नसक्ने तथा बढी मूल्य लिएर खाना दिने गरेको तीर्थयात्रीहरुको गुनासो छ ।

    तर गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले तुलनतात्मक रुपमा भक्तजनको संख्या केही कमी भएपनि व्यवस्थापनमा कमजोरी नभएको बताए । ‘यस बर्ष नौं देखि १० हजार भक्तजन गोसाइकुण्ड पुगेका छन् । अलिक अगाडिदेखिकै गणना गर्ने हो भने १२ हजार बढीले दर्शन गरेका छन्,’ उनले भने,‘चित्तबुझ्दो संख्या त नहोला तर आउने भनेको यस्तै हो ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ