Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हुम्लाको चंखेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 214
    SHARES

  • images
    हुम्लाको चंखेलीमा जीप दुर्घटनाः पाँचजना गम्भीर घाइते

    हुम्ला। जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कणर्ाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ। चालकसहित सातजना सवार जिपमा पाँचजना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य र छ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन्। बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन्।

    दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरिएको हो। गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ