Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

दुबईमा भएको ३०ओैं अन्तरास्ट्रिय बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता


ग्लोबल पाना
बुधबार, भदौ ५ २०८१
  • 348
    SHARES

  • images
    दुबईमा भएको ३०ओैं अन्तरास्ट्रिय बिश्व आदिवासी जनजाति दिवसमा नेवा: पुच: युएईको सहभागिता

    दुबई । दुबईस्थित याक एण्ड यति क्लब एभरेष्टको बिशाल हलमा ३०औं अन्तर्राष्ट्रिय बिश्व आदिवासी जनजाति दिवस विभिन्न जातिय खानपान, भेष भूषाहरुको प्रदर्शन, शुभकामना आदन प्रदान र मौलिक संस्कृति झल्काउने खालका नाचगानसंगै भव्य रुपमा सम्पन्न गरिएको छ ।

    images
    images
    images

    विगतमा जस्तै यसपालि विश्व आदिवासी दिवस ११ वटा जातिय संस्थाहरुको छाता  संस्था नेपाल आदिवासी जनजाति महासंघ ( नेफिन )ले युएईद्धारा आयोजना गरिएको हो । विक्रम लिम्बुको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास अबुधावीका श्रम कन्सुलर श्री दीनबन्धु सुवेदी रहेका थिए ।

    कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी, समाजसेवी र पत्रकारहरुको उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण जातिय साँस्कृतिक झाँकी प्रदर्शन, जातिय विभिन्न खानपानका परिकारहरुको स्टल, जातिय भाषा,भेष भूषाहरुको स्टल र पौरानिक मौलिक बस्तुहरुको प्रदर्शन रहेको थियो ।

    प्रमुख अतिथिलगायत कार्यक्रमका अध्यक्ष र अन्य अतिथिहरुले विभिन्न जातिय स्टलहरुमा अवलोकंन गर्दै स्टलमा प्रदर्शन गरिएका सरसामान र खानपानका बारेमा जिज्ञासा का साथै जानकारी  लिएका थिए । साथै कार्यक्रममा सम्पूर्ण दर्शकहरुले जातिय विभिन्न परिकारका खानाहरुको स्वादको आनन्द लिएका थिए ।

    एकातिर जातिय सांगीतिक रमझम रहेको थियो भने अर्कोतिर जातिय खानपानको विविध स्वादको प्रदर्शन चलेको थियो । कार्यक्रममा बिशेष गरि विभिन्न जातिय जीवन शैलीलाई  विशेष आयाम द्धारा चित्रण गरिएको थियो । स्थानीय कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरु संगै मिष्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

    प्रतियोगितामा प्रत्येक संस्थाहरुको तर्फबाट एकजना मिस्टर र एकजना मिस ले आ- आफ्नो प्रतिभा सहित  सहभागी जनाएका थिए। जसमध्ये नेवा: पुचः युएईका तर्फबाट छनोट गरि पठाएका मिस सुश्री सलिना शाहि ज्यु र मिष्टर श्री नवराज श्रेष्ठ ज्यु मध्ये मिस सुश्री सलिना शाहि अकस्मात्  दुर्घटनामा परी अस्वस्थता का कारणवश कार्यक्रममा उपस्थित हुन सकेनन् ।

    मिस इन्डिजिनियस युएई–२०२४ को ताज सहित उपाधी शेर्पा किदुक युएईका सुश्री  टासी डोल्मा शेर्पाले हात पार्न सफल भएकी थिईन् भने मिस्टर इन्डिजिनियस युएई–२०२४ को उपाधी  नेपाल मगर संघ शाखा युएईका श्री होम रजाली मगरले हात पार्न सफल भए । कार्यक्रममा आ-आफ्नो जातिय संस्थासहित विविध क्षेत्रको कार्यमा उच्च योगदान दिए बापत सम्मान गरिएको थियो।

    नेवा: पुच: युएई को तर्फबाट यसपाली पुरुष तर्फ पुच:का निवर्तमान अध्यक्ष, प्रमुख सल्लाहकार एवं साँस्कृतिक संयोजक श्री लक्ष्मण श्रेष्ठ र महिला तर्फ केन्द्रीय सदस्य श्री एलिना श्रेष्ठ  सम्मानित हुनुभएका थिए। वहाँहरु दुबैजनालाई सबैले बधाई दिएका थिए।कार्यक्रमको मिडिया पार्टनरमा फोनिज युएई र हाम्रो कुराकानी अनलाईन टिभीले रहेको थियो ।

    कार्यम्रममा नेवा: पुच: युएको स्टलमा राखिएका विभिन्न महानुभावहरुले स्वईच्छाले तयार गरि प्रायोजन गरेका थिए । प्रायोजनमा यमरी बिरेन्द्र नकर्मी, ङ्याँ कुमार बलामी, वमरी नविना शाक्य अचार एलिना श्रेष्ठ, छोयला किरण  बज्राचार्य, बजी र लाखामरी दिपेश श्रेष्ठ, मुस्या, लबा व पालु ( भटमास, लसुन र अदुवा साँदेको नवराज श्रेष्ठ, वाँउचा (साग) शुष्मा कुँवर, मना खे (उसीनेको अण्डा) बिष्णु लाल श्रेष्ठ, आलु तारेको योगिता  हाडा, भुटीँ साँदेको लक्ष्मण श्रेष्ठ, डिष्पोजएवल प्लेट, काँटा , चम्चा तथा कप ईश्वर श्रेष्ठ, पिउने पानी तथा सफ्ट ड्रीन्क्स सुनिल राज श्रेष्ठ, धौ (दही ) प्रमोद श्रेष्ठ, पानी  ५ कार्टुन सुर्यमान श्रेष्ठ र कलाकारलाई प्रोत्साहन स्वरुप  सहयोग  सुनिलमान श्रेष्ठ र शिव कुमार श्रेष्ठले प्रायोजन गरेको नेफिन युएका भुपु महासचिव एवं तत्कालिन सल्लाहकार तथा नेवा: पुच:युएईका महासचिव कुमार बलामीले जानकारी दिएका छन् ।

    गायिका प्रतिमा (जोशी) बज्राचार्यले  ( सचिका चिना ) गितको बोलमा प्रस्तुती दिएकी थिईन् । स्थानिय कलाकारहरुलाई हौसला प्रदान गर्न यसपाली देखी नेवा: पुच:युएईले मायाको चिनो उपहार दिने घोषणा गरेको छ। यसैगरि झाँकी तर्फ कलाकारहरु लक्ष्मण श्रेष्ठ धिमे, कुमार बलामी भुस्या, खिं , सुवास श्रेष्ठको लाखे नाच को साथसाथै  अन्य कलाकारसहित नेवा :पुच: युएई को तर्फबाट उपस्थित भएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ