Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

थाइल्यान्डमा बाँडियो गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड (सूची सहित)


ग्लोबल पाना
शनिबार, भदौ ८ २०८१
  • 329
    SHARES

  • images
    थाइल्यान्डमा बाँडियो गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड (सूची सहित)

    काठमाडौ । थाइल्यान्डको बैंककमा गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न भएको छ । म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार बैंकक स्थित होटल प्रिन्सटनमा आयोजित भब्य समारोहमा संगीतको विभिन्न १६ विधामा कलाकार तथा समाजसेवीहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

    images
    images
    images

    अवार्ड पाउनेहरुको सूची यसप्रकार रहेको छ ।

    १: तिमि मलाई है सानु गीतबाट लोक तथा दोहोरीगायिका कल्पना पराजुली

    २: सितारा टलल गीतबाट लोक तथा दोहोरी गायिका सरिता अधिकारी

    ३: किन चाहियो मासु भात गीतबाट लोक तथा दोहोरी गायक गोकुल पाण्डे

    ४:चाडपर्व गीत धान झुल्दैछ फुल्दैछ कोदो बाट गायिका किरण शर्मा

    ५: शब्द लोक गीत जीन्दगी के छर बाट उमेश सिंह ठगुन्ना

    ६: चाडपर्व गीत रातो सारी बाट गायिका हेमा राना मगर

    ७: निर्देशक लोक तथा दोहोरी गीत कागती दाना बाट मिलन श्रेष्ठ

    ८: मोडल लोक पप गीत पहिलो माया बाट हिरालाल सेन्चरी

    ९: निर्देशक लोक तथा दोहोरी गीत वृद्धाआश्रम बाट रेशम लाल सापकोटा

    १०: मौलिक गीत मायाले बोलायो मलाई बाट गायिका पवित्रा रिजाल

    ११: मोडलिङ लोक तथा दोहोरी गीत तीर्थव्रत बाट मन्जु राना

    १२: शब्द आधुनिक तथा पप गीत तइका ठमक बाट गोविन्द भट्ट

    १३: निर्माता टेलिचलचित्र कमलाबाट सल वहादर लिम्वु

    १४: निर्देशक टेलिचलचित्र कमलाबाट भिमसेन गौतम

    १५ : निर्देशक आधुनिक तथा पप मौलिक गीत मोहनि मायाले बाट देवेन्द्र पाण्डे

    १६: मोडल आधुनिक गीत जिन्दगीको वाटोबाट रामेश्वर ढकाल

    संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभाध्यक्षमा एनआरएनए थाइल्यान्डका अध्यक्ष भवीन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा आमाछोदिङ्मो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङको विशेष आतिथ्यता रहेको उक्त समारोहमा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेल लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।

    नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न स्वरुप गोल्डेन म्युजिक अवार्ड आयोजना गरिएको अवार्ड संयोजक गायक तथा संकलक बिनोद ढकालले बताए ।

    कार्यक्रममा दर्जन भन्दा बढी गायक गायिकाहरुले बेजोड सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ