Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न


ग्लोबल पाना
आइतबार, भदौ ९ २०८१
  • 314
    SHARES

  • images
    कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न

    धनगढी । कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रु पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ ।

    images
    images
    images

    सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरिनेछ । कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गर्नुभएको थियो ।

    आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक लि. कातर्फबाट उपमहाप्रबन्धकद्वय यज्ञ प्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागिय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिप राज जोशी एवम् शाखा प्रमुख दीर्घ बहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले व्यावसायिक गतिविधि संगसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

    कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ