Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको समिक्षा


ग्लोबल पाना
बुधबार, भदौ १२ २०८१
  • 331
    SHARES

  • images
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कास्कीको समिक्षा

    भदौ ११,पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीको नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनका लागि समन्वय बैठक र समिक्षा बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले चालू आर्थिक वर्ष २०८१-८२ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गरेको छ।

    images
    images
    images

    कार्यक्रम कार्यान्वयन एकाइ कास्की जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले परियोजनाका स्वीकृत कार्यक्रमहरू उत्पादनमुखी परिणाम निकाल्ने तवरबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो।

    पौडेलले परम्परागत तरिकाबाट भन्दा प्रभावकारी कार्यान्वयनका लागि नयाँ र वैज्ञानिक शैली अपनाउनु पर्ने भन्दै परियोजनाको मर्म अनुसार थप व्यावसायिकरण प्रबर्द्धन र आत्मनिर्भर कृषिको सबलीकरणमा जोड दिन आग्रह गर्नुभयो। पौडेलले कार्यक्रमलाई वास्तविक श्रमजिवी कृषकको पहुँचमा पुग्ने गरी निर्धारण गर्न पनि आग्रह गर्नुभयो। समृद्धिको मुख्य आधार रूपान्तरित र परिष्कृत कृषि सम्बद्ध परियोजना र कार्यक्रम भएकाले त्यसलाई उच्च प्राथमिकतामा राख्नुको विकल्प नभएको पौडेलको भनाइ थियो।

    श्रम र पसिना देशमै लगानी गर्ने वातावरणका लागि हरेक पालिका र सरोकारवाला निकायले व्यावसायिक कृषिमा जोड दिन आग्रह गर्नुभयो। बिषादीको प्रयोगका कारण किसानहरू रोगहरूबाट ग्रसित हुनुपरेको तथ्यांक आइरहेको सन्दर्भमा बिषादीविहीन प्राङ्गारिक कृषि प्रविधिमा जोड दिनुपर्ने पौडेलले उल्लेख गर्नुभयो। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नवप्रवर्तनकारी असल अभ्यासका कार्यक्रमहरूमा जोड दिन आग्रह गर्दै उत्पादनसँगै बजारीकरणका कार्यक्रमलाई पनि केन्द्रित गरेर व्यवस्थित बनाउन आग्रह गर्नुभयो।

    कार्यक्रममा मादी गाउँपालिकाका प्रवक्ता भोज बहादुर गुरुङ, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, डिभिजन बन कार्यालयका प्रमुख कोमलनाथ काफ्ले, पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, पोखरा उद्योग वाणिज्य संघका सदस्य लिलाधर चापाइ, पर्यटन तथा उद्योग कार्यालयका महराज ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि ज्ञान केन्द्र कास्कीका बागवानी विकास अधिकृत मन्जु अधिकारी, अलैंची जोन संचालन समन्वय समिति कास्कीका संयोजक इन्द्र बहादुर गौचन, तरकारी सुपर जोन संचालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी, परियोजनाका निमित्त कार्यालय प्रमुख कृषि विकास अधिकृत निशा कडेल, परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठले गत आर्थिक वर्षको कार्यक्रमको समिक्षा र चालू वर्षको कार्यक्रम सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो।

    कार्यक्रम कार्यान्वयन एकाइ कास्की जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ