Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंककाे नाडा अटो शो लक्षित यस्ता छन् कर्जा योजना


ग्लोबल पाना
बुधबार, भदौ १२ २०८१
  • 273
    SHARES

  • images
    कृषि विकास बैंककाे नाडा अटो शो लक्षित यस्ता छन् कर्जा योजना

    काठमाडौं । १६औं ‘नाडा अटो शो २०२४’ भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार-पांग्रे ब्रान्डहरू, १९ दुई-पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिएको छ। उक्त शोमा नयाँ गाडी मात्रै होइन, गाडी किन्नका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि स्टल राखेका छन्।

    images
    images
    images

    त्यतीमात्र नभई शोमा लुब्रिकेन्ट, टायर, व्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू गरी ३३ कम्पनीहरूले पनि स्टल राखेका छन। शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन।

    नाडा अटो शोमा स्टल राखेको कृषि विकास बैंकले ब्याजदर प्रिमियममा ८२ प्रतिशतसम्म र सेवा शुल्कमा ३३ प्रतिशतसम्मको छुट योजना ल्याएको छ। बैंकले आधार दरमा २ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशतसम्मको छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको छ। यस्तै ७ वर्षका लागि ८.९९ प्रतिशत स्थिर ब्याजरमा बैंकले कर्जा दिने छ।

    बैंकले सेवा शुल्क ०.७५ प्रतिशत भए पनि नाडा अटो शोका लागि ३३ प्रतिशत छुटसहित ०.५ प्रतिशत मात्रै सेवा शुल्कमा कर्जा दिने योजना ल्याएको बैंकले जनाएको छ। बैकका अनुसार शोमा स्टल राखेका अन्य बैंक तथा वित्तिय संस्थाभन्दा कृषि विकास बैंकले दिने ब्याजदर सबैभन्दा सस्तो रहेको छ। बैंकले अन्य कार्यक्रममा स्टल राख्दै आएपनि नाडा अटो शोमा भने पहिलो पटक स्टल राखेको हो।

    शोमा स्टल राख्दा ग्राहकहरुले पनि राम्रो प्रतिक्रिया दिने गरेको बैंकले जनाएको छ। बैंकका एक विभागीय प्रमुखले भने, ‘हामिलाई ग्राहकहरु आएर भन्ने गर्नुहुन्छ, सरकारी बैंक भएर पनि निजी बैंक जसरी यहाँ आएर स्टल राख्दा हामी एकदम खुसी छौँ, धेरै ग्राहक आएर बैंकले दिने सेवा शुल्क, ब्याजदर र छुट बारे बुझि नजिकको शाखामा सम्पर्क गर्न थालिसक्नु भएको छ।’

    राष्ट्र बैंकले ईभीलाई प्रोत्साहन गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ८० प्रतिशत कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ। इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

    त्यसै अनुसार शोमा बैंक तथा वित्तीय संस्थाले गाडी खरिदका लागि विभीन्न अफर सञ्चालनमा ल्याएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ