Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

टिवानको अध्यक्षमा भीष्मप्रसाद न्यौपाने


ग्लोबल पाना
शनिबार, भदौ १५ २०८१
  • 248
    SHARES

  • images
    टिवानको अध्यक्षमा भीष्मप्रसाद न्यौपाने

    काठमाडौं, भदौ १४ । पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन् । टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुन् ।

    images
    images
    images

    टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिए । कोषाध्यक्षमा चिरञ्जीवी  गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे हुनुभएको निर्वाचन संयोजक आचार्यले बताए ।

    नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको संघीय  राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ