Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं घोषणापत्र जारी गर्दै ‘बिएलए मोडेल सार्क समिट २०८१’ सम्पन्न


ग्लोबल पाना
शनिबार, भदौ १५ २०८१
  • 259
    SHARES

  • images
    काठमाडौं घोषणापत्र जारी गर्दै  ‘बिएलए मोडेल सार्क  समिट २०८१’ सम्पन्न

    काठमाडौं । काठमाडौंको निलोपुल, सुकेधारा स्थित जुनियर अप्टिमिस्टिक क्लब अफ ब्रेन ल्याण्ड एकेडेमीको आयोजनामा बिएलए मोडेल सार्क समिट २०८१ सम्पन्न भएको छ । मोडल सार्क समिटका रुपमा आयोजित यस कार्यक्रम शुक्रबार एकेडेमी हलमा सम्पन्न भएको हो ।

    images
    images
    images

    सामाजिक शिक्षा बिषय अन्तर्गत कक्षा ७ र ८ को पाठयक्रममा समावेश सार्कका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई अभ्यास गर्दै पढाउने उदेश्यसहित आयोजित यस समिट २ दिनसम्म जारी रहेको थियो । विहिवार शुरु भएको बिएलए नमुना सार्क समिट २०८१ को उदघाटन पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको थियो ।

    सो अवसरमा पूर्व उपप्रधानमन्त्री लिङ्देनले यस्ता कार्यक्रमले बालबालिकाको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । मोडेल समिटको पहिलो दिन सार्क मुलुकका ८ वटै देशबाट क्रमश ३ जनाको प्रतिनिधित्व हुने गरि बालबालिकाहरुले हरेक देशका आ आफना हित तथा समस्यासँग सम्बन्धित रही कार्यपत्र प्रस्तुत गरेका थिए ।

    जसमा बालबालिकाहरुले नमुना प्रस्तुती दिदै प्रधानमन्त्री, विदेश मन्त्री र विदेश सचिवको हैसियतले छलफलमा सहभागी रही कार्यक्रमलाई संबोधन गरेका थिए । त्यस्तै उनीहरुले दोस्रो दिन सार्कको साझा एजेण्डा माथि छलफल गरेका थिए ।

    अन्तत छलफलमा उठेका बिषयमा निचोड निकाल्दै उनीहरुले हरेक देशका साथै सार्कको साझा समस्यालाई हल गर्ने उपाय बारे बुँदागत रुपमा लिपिबद्ध गरि घोषणापत्र जारी गरेका छन् । नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत सार्क महाशाखा प्रमुख एवम् सार्क सचिवालय निर्देशक रही सार्क बारे गहिरो ज्ञान एवम् अनुभव बटल्नु भएका पूर्व राजदूत प्रद्युम्न बिक्रम शाहको प्रमुख आतिथ्यतामा समापन समारोह आयोजना गरिएको थियो ।

    सो अवसरमा पूर्व राजदूत शाहले भारत र पाकिस्तानका कारण सार्क शिखर सम्मेलन अवरुद्ध भएको भन्ने बारे चर्चा हुने गरेता पनि मूलत अफगानिस्तानको सरकारलाई सार्कका अन्य मुलुकले मान्यता नदिएका कारण उक्त सम्मेलन रोकिन पुगेको जनाउनुहुँदै विद्यालय स्तरमा हुने यस्ता नमुना कार्यक्रमले बालबालिकाको शिक्षण सिकाईमा ठुलो टेवा पुग्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा शिक्षासेवी प्रमोद रिमाल, बरिष्ठ संचारकर्मी सरोज ओझा, वेद व्यास स्कुलका भाईस प्रिन्सिपल विजय न्यौपाने अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । यस प्रकारको शिक्षण सिकाई कार्यक्रम नेपालमै पहिलो भएको दाबी विद्यालयले गरेको छ । ‘हामीले बालबालिकालाई आँफैले एजेण्डा सेट गर्दै रिसोलुसन पनि आँफैले निकाल्न भनेका थियौ र सोही अनुरुप बालबालिकाहरुले घनिभुत छलफलसँगै निष्कर्ष निकाल्नु भएको छ, नेपालमै पहिलो पटक भएको यो शिक्षण सिकाई कार्यक्रम उपलब्धीमुलक रहने हाम्रो ठम्याई छ’ विद्यालयका भाईस प्रिन्सिपल प्रशान्त दाहालले जानकारी दिदै भन्नुभयो ।

    एन प्याब्सनका केन्द्रिय महासचिव समेत रहनुभएका ब्रेन ल्याण्ड एकेडेमीका प्रिन्सिपल पारसमणी दाहालले यस्ता नमुना कार्यक्रमले बालबालिकाहरुको सिर्जनात्मक क्षमतालाई अझ बढाउने विश्वास आफुहरुले लिएको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ