Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन


ग्लोबल पाना
आइतबार, भदौ १६ २०८१
  • 284
    SHARES

  • images
    पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

    नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ ।

    images
    images
    images

    सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो ।

    ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उहाँले भन्नुभयो– ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’

    यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाँले स्पष्ट गर्नुभयो । सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए ।

    उहाँसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ