Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी पत्रमा हस्ताक्षर, एकीकृत रिवार्ड प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुने


ग्लोबल पाना
मंगलबार, भदौ १८ २०८१
  • 328
    SHARES

  • images
    आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी पत्रमा हस्ताक्षर, एकीकृत रिवार्ड प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुने

    काठमाडौं । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ। आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ।

    images
    images
    images

    अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् |

    यस सम्झौतामा आईएमएस सफ्टवेयर प्रा. लि. को तर्फबाट प्रबन्ध निर्देशक संतोष तम्राकार र अर्न सिक्का को तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ।

    जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुनेछ। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ