Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पलेशालाई आज नगर परिक्रमा गराइने


ग्लोबल पाना
बुधबार, भदौ १९ २०८१
  • 290
    SHARES

  • images
    पलेशालाई आज नगर परिक्रमा गराइने

    काठमाडौं ।  पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा आज विशेष नगर परिक्रमा कार्यक्रम आयोजना गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो नगर परिक्रमा आयोजना गरेको हो । पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

    images
    images
    images

    यो पदकले नेपाली खेलकुद नयाँ इतिहास कायम गरेको छ । पलेशाले नेपालका लागि पारालिम्पिक्स खेलमा पहिलो पटक पदक जित्न सफल भएकी हुन् । आज बिहान ८ बजे पलेशा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । उनलाई विमानस्थलमै भव्य स्वागत गरिनेछ, जसमा राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमीहरू, र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । पलेशालाई विमानस्थलमा स्वागत गरेपछि बिहान साढे ८ बजेबाट नगर परिक्रमा शुरू गरिनेछ ।

    नगर परिक्रमाको रूट विशेष रूपमा तयार पारिएको छ । यो रूट विमानस्थलबाट शुरू भई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुङ्गिनेछ । नगर परिक्रमाको समयमा पलेशालाई नेपाली झण्डा सहितको विशेष गाडीमा सवार गराइने छ ।

    नगर परिक्रमाको अन्त्यमा राखेपको प्राङ्गणमा विशेष सम्मान कार्यक्रम आयोजना गरिनेछ । सो अवसरमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरू, पदाधिकारीहरू, खेलाडीहरू, र उनका प्रशिक्षकहरूको उपस्थिति रहनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ