Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

१५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ


ग्लोबल पाना
बुधबार, भदौ १९ २०८१
  • 236
    SHARES

  • images
    १५ वर्षीया बालिका बलात्कृत, ४७ वर्षीय पुरुष पक्राउ

    संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरी बहादुर श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    हरी बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


    घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ