Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकामा हत्या गरिएकी मुना पाण्डेको अन्त्येष्टी


ग्लोबल पाना
मंगलबार, भदौ २५ २०८१
  • 335
    SHARES

  • images
    अमेरिकामा हत्या गरिएकी मुना पाण्डेको अन्त्येष्टी

    काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्यरष्टी गरिएको छ । गत महिना आफ्नो दक्षिणपश्चिम ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएको अवस्थामा फेला परेकी मुनाको सोमबार साँझ परम्परागत हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

    images
    images
    images

    मुना पाण्डेको शव दुई साताअघि फेला परेको थियो । उनलाई चार पटक गोली लागेको थियो । तीन गोली शरीरको अगाडि र एउटा टाउकोको पछाडि हानिएको थियो । पाण्डेकी आमा आफ्नो एकमात्र सन्तानलाई बिदाइ गर्न नेपालबाट गत साता ह्युस्टन पुगेकी थिइन् ।

    मुना पाण्डेको शव गत अगस्ट २६ मा आफ्नै अपार्टमेन्टमा फेला परेको थियो । पाण्डेको सेक्युरीटी क्यामेराले उनको फ्ल्याट बाहिर बन्दुक बोकेका एक व्यक्तिको भिडियो खिचेको थियो । उनी भारतका बबी सिंह साह भएको खुलेपछि उनलाई पक्राउ गरेर हत्या आरोपमा मुद्दा चलाइएको छ । पाण्डेको शव फेला परेको दुई दिनपछि उक्त व्यक्तिको पहिचान भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ