Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक : प्रचण्ड


ग्लोबल पाना
बिहीबार , भदौ २७ २०८१
  • 426
    SHARES

  • images
    सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक : प्रचण्ड

    काठमाडौ, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताउनुभएको छ।

    images
    images
    images

    चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले त्यस्ता बुवाआमालाई सधै समाजले सम्झिरहने बताउनुभयो । सन्तानलाई हुर्काउन, बढाउन र पढाउन संघर्ष गर्दै आफूलाई बामपंथी रुझानबाट अघि बढाउदै पाँच छोरा, पाँच बुहारी र चार छोरीलाई राजनीति सामाजिक आन्दोलनमा लाग्न प्रेरित गर्ने बुद्धराम प्रेरणाको स्रोत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले २०४५ सालदेखि विरामी अवस्थामा रहेका बुवाको सम्मानपूर्वक स्याहारसुसार गर्ने परिवार पनि उत्तिकै उदाहरणीय भएको बताउनुभयो।

    धेरै कठिनाइका बीचबाट पनि दुलालले सामाजिक क्षेत्र, बामपंथी झुकावहुँदै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको चर्चा गर्दै अध्यक्ष प्रचण्डले यस्ता विशिष्ठ व्यक्तित्वहरु सधै समाजको अग्रस्थानमा रहने बताउनुभयो। जुत्ता सिलाउने पेशा अङ्गालेका बुद्धरामले समाज रुपान्तरणमा गरेको योगदानले सचेत श्रमजीवी वर्गको यथार्थ प्रतिनिधित्व गर्ने उल्लेख गर्दै उहाँले यसबाट सचेत श्रमजीवी वर्ग नै सामाजिक रुपान्तरणका अगुवा हुनसक्छन् भन्ने थप पुष्टि भएको पनि बताउनुभयो ।

    नेपाली समाजको रुपान्तरणका लागि बुद्धरामजस्ता थुप्रै अगुवाहरुले गरेको योगदानका कारण अहिले मुलुकमा समानतायुक्त राजनीति व्यवस्था स्थापना भएको चर्चा गर्दै उहाँले प्राप्त उपलब्धिको उपभोग, रक्षा र विकासमा पनि उत्पीडित समुदायले बढी नै ध्यान दिनुपर्ने बताउनुभयो। दिवङ्गत बुद्धराम दुलालको जीवनीबारे उहाँका जेठा छोरा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर दुलालले प्रकाश पार्नुभएको थियो ।

    उहाँले पञ्चायतकालमै वाम अन्दोलनलाई समर्थनमा लाग्नुभएका बुवाकै प्रेरणाका कारण आफ्नो परिवारले राजनीतिक तथा सामाजिक आन्दोलनमा लाग्ने अवसर प्राप्त भएको बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटालगायत ठूलो संख्यामा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ