Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव


ग्लोबल पाना
बिहीबार , भदौ २७ २०८१
  • 216
    SHARES

  • images
    संवैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन्।

    images
    images
    images

    विहिबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ।

    प्रचण्डले शुक्रबार बस्ने संवैधानिक निकायको बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

    शीर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ