Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

खाद्य बस्तु नक्कली र मिसावट देखिन थालेपछि दैनिक अनुगमन, पहिलो चरणमा २ उद्योगमा छापा


ग्लोबल पाना
बिहीबार , भदौ २७ २०८१
  • 267
    SHARES

  • images
    खाद्य बस्तु नक्कली र मिसावट देखिन थालेपछि दैनिक अनुगमन, पहिलो चरणमा २ उद्योगमा छापा

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियमन्त्रण विभागमा नयाँ महानिर्देशक संजिव कर्ण आएपछि उनले दैनिक दुई वटा अनुगमन टोली बजारमा खटाएका छन् । बजारमा खाद्य बस्तुमा मिसावटका समाचारहरु दैनिक आउन थालेपछि उनले अनुगमनलाई तीब्र पारेका हुन् । वेकरी सर्टनिङलाइ शुद्ध घ्यू भनि प्यकिङ गरि विक्रिवितरण गरिरहेको भन्ने उपभोक्ता गुनासो विभागमा उजूरी आएपछि अनुगमन निरिक्षण टोली खटाइएको हो ।

    images
    images
    images

    अनुगमनको क्रममा बुधबार ललितपुर जिल्ला गोदावरी न.पा.-११, नबुचास्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन नामको खाद्य उद्योग अनुगमन निरीक्षण गर्ने क्रममा वनस्पति घ्युलाई खियालागेको ड्रममा तताएर राधेकृष्ण ब्राण्डमा जुजुघ्यू र अर्चना ब्राण्डमा शुद्ध घ्यूको नाममा १ लिटर, १/२ लिटर, १५० ग्रामको डब्बामा प्याक गरेर नक्कली घ्यू विक्री वितरण गर्ने गरेको पाईएको महानिर्देशक कणर्ले हलोखबरलाई जानकारी दिए ।

    उत्पादन स्थल फोहोर तथा घ्यू, वनस्पति घ्यू प्रसोधन/उत्पादन/प्याकिंग गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्र समेत लिएको नदेखिएकोले, १/२ लिटरको जूजु घ्यू लेखिएको वनस्पती घ्यू ७२ डब्बा, १५० ग्रामको शुद्ध घ्यू लेखिएको बनश्पति घ्यू १०० डब्बा र उक्त नक्कली  घ्यू तयार गर्न राखीएको ८० लिटर वनस्पती घ्यू स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रशोधन कक्षमा राखी शिलबन्दि गरी उत्पादन रोक्का राखेको छ ।

    यसैगरी विभागको अनुगमन टोलीले सम्येक बेकरी सटिङ्ग घ्यू प्याकेजिग उद्योग वडा नं २७ ललितपुर, विन्दवासिनी आयल इन्ड्सट्रिज प्रा.ली., सुनाकोठी-१, ललितपुर, नन्दबाबा डेरी उद्योग, महालक्ष्मी न.पा.०१, ललितपुर र राज फुड प्रोडक्ट्स ललितपुर-२५ स्थित खाद्य उद्योगहरुको अनुगमन निरीक्षण गरि खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुको साथै गुणस्तर परिक्षणको लागि नमुना संकलन कार्य समेत गरेको छ ।

    खाद्य तथा गुण नियन्त्रण विभागले यस्ता निषेधित कार्यहरु नगर्न नगराउनुहुन संपुणर् उद्योगी व्यवसायीहरुलाई सचेत समेत गराएको छ । अन्यथा खाद्य स्वच्छता गुणस्तर ऐन २०८१, वमोजिक कारवाही हुने सुचित गरिन्छ । 

    त्यसैगरि, आज बेकरी सर्टेनिङ्गलाई शुद्ध घ्यू भनी प्याकिङ्गगरि बिक्री वितरण गरिरहेको भन्ने उपभोक्ताको गुनासो आएपछि विभागबाट गएको टोलीले निरीक्षण गर्दा एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रा. लि. नामको खाद्य उद्योगमा ढुसी लागेको, लेबल विवरण उल्लेख नगरेको बटर १५ केजी ब्लक १६ थान र १ केजीको प्याकमा राखिएको बटर १० प्याकेट एकै ठाउँमा फ्रिजरमा राखेको पाइएको छ । ढुसी लागेको २५ केजी चिज भण्डारण कक्षमा फ्रिजमा राखेको पाइएको विभागले जनाएको छ ।

    त्यसैगरि, लेबल विवरण नभएको घ्यू १ केजीको वट्टा ३० थान र १/२ केजीको वट्टा २८ वटा भण्डारण कक्षमा रहेको पाइएको, बटरबाट घ्यू तयार गर्ने भाडो फोहोर अवस्थामा रहेको तथा घ्यू उत्पादनका लागि अनुमतिपत्र नलिएको पाइएकोले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको प्रतिनिधिको रहोवरमा उद्योगको भण्डारण कक्ष सिलबन्दी गरिएको छ । 

    यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका -४, काठमाडौं  स्थित अक्वा एस.एस वेभेरेज प्रा.लि. र टोखा नगरपालिका -८, काठमाडौंस्थित पिस स्प्रिंग वाटर प्रा.लि., खाद्य उद्योगहरुको निरीक्षण अनुगमन गरी खाद्य स्वच्छता कायम गर्न आवश्यक निर्देशन दिनुका साथै गुणस्तर परिक्षणका लागि नमूनाहरु संकलन गर्ने कार्य गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ