Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सिटी एक्सप्रेसको २०८१ सालको दशैं तिहार योजना सार्वजनिक


ग्लोबल पाना
सोमबार, भदौ ३१ २०८१
  • 329
    SHARES

  • images
    सिटी एक्सप्रेसको २०८१ सालको दशैं तिहार योजना सार्वजनिक

    काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ।

    images
    images
    images

    उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो।

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ।

    कम्पनीका अनुसार यस “१८औं वर्षमा १८ गुणा , परिवार मा खुशी लाखौ गुणौें” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ। यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूणर् सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ