Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

केजरीवालले राजीनामा दिएपछि आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने


ग्लोबल पाना
मंगलबार, असोज १ २०८१
  • 370
    SHARES

  • images
    केजरीवालले राजीनामा दिएपछि आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

    काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री हुनेछिन्। दिल्ली सरकारका मन्त्री गोपाल राईले सञ्चारमाध्यमलाई सो जानकारी दिएका हुन् । गोपाल राईले आतिषी अप्ठ्यारो परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्ने बताए ।

    images
    images
    images

    गोपाल राईले आरोप लगाए, “भाजपाले आम आदमी पार्टीलाई तोडेर सरकार ढाल्ने प्रयास गरेको छ। तर हामीले उनीहरुको सबै प्रयासलाई विफल बनायौं।” मंगलबार बिहान करिब ११ बजे बसेको व्यवस्थापिका-संसदको बैठकले अतिशीको नाम अनुमोदन गरेको हो । गोपाल राईले अतिशीलाई सर्वसम्मतिले मुख्यमन्त्रीमा निर्वाचित गरेको बताए ।

    केजरीवाल जेलमा हुँदा आतिशीले सरकारको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी अहिले शिक्षा लगायतका महत्वपूर्ण विभागहरु सम्हाल्दै आएकी छिन् । अरविन्द केजरीवालले आप कार्यकर्ताहरूलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो। अब केजरीवालले दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनालाई भेटेर राजीनामा बुझाउनेछन्।

    अरविन्द केजरीवाल १३ सेप्टेम्बरमा तिहाड जेलबाट रिहा भएका थिए । उनी मदिरा काण्डको आरोपमा जेलमा थिए । त्यसपछि सेप्टेम्बर १५ गते पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । आफ्नो सम्बोधनमा केजरीवालले भनेका थिए, “जनताले फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।

    म जनताको बीचमा जान्छु। फेब्रुअरीमा चुनाव हुन्छ । आज म यस फोरमबाट नोभेम्बरमा महाराष्ट्रमा चुनाव गराउनुपर्ने माग गर्दछु।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ