Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण


ग्लोबल पाना
बुधबार, असोज २ २०८१
  • 276
    SHARES

  • images
    मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

    काठमाडौं । उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो ।

    images
    images
    images

    शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउनका लागि नेता सिंहको अविस्मरणीय योगदान रहेको बताए । जनताको अधिकारको सुनिश्चितता गराउनको लागि नेता सिंहले गरेको प्रतिवद्धतालाई सबैले स्मरण गर्दै अनुसरण गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो ।

    उनले भने, ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढि समय जेल जीवनमा विताउनुभयो । हरेक राजाको कार्यकालमा उहाँले जेल जीवन विताउनुभएको हो । त्यस्तै उहाँले १५ वर्षभन्दा बढी निर्वासनमा विताउनुभयो । देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन, जनताको अधिकारको सुनिश्चितता गराउनको लागि उहाँको प्रतिवद्धता, समर्पणलाई आज स्मरण गर्न चाहान्छौं ।


    उहाँ नै एउटा यस्तो नेता हो जसले २०४६ सालको जन आन्दोलनपछि प्राप्त गरेको प्रजातन्त्र सबैको प्रयासबाट मात्र सम्भव भएको भन्दै सबैलाई समावेश गर्नुपर्छ भनेर भन्नुभयो । उहाँले कुनै वर्ग र क्षेत्रलाई मात्र नहेरी समग्र मुलुकको हित हेर्नुभएको थियो ।’ नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ