Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सहकारी छानविन समितिको प्रतिवेदन पूणर्रुपमा कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
बुधबार, असोज २ २०८१
  • 239
    SHARES

  • images
    सहकारी छानविन समितिको प्रतिवेदन पूणर्रुपमा कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानविन समितिको प्रतिवेदनलाई सरकारले पूणर्रुपमा कार्यान्वयन गर्ने बताएका छन्। गणेशमान सिंहको २७ औं पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले सरकारले कार्यान्वयन गर्ने बताएका हुन्।

    images
    images
    images

    उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्बाट कार्यान्वयनका लागि अघि बढ्ने दाबी गरे। सिंहले नेपालको परिवर्तन र जनताको अधिकार स्थापीत गर्न स्वर्गीय गणेशमान सिंहले खेलेको भूमिकाको स्मरण गरे।

    सो अवसरमा सिंहले गणेशमान सिंहको प्रतिमामा माल्यार्पण गरेका थिए। गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए।

    जनआन्दोलन पश्चात तत्कालीन राजा वीरेन्द्र शाहले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए। तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएका थिए। नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ