Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 260
    SHARES

  • images
    काठमाडौं महानगरले सुरु गर्‍यो पूजासहित परम्परागत नृत्य प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ । जात्रामा मात्र निकालिने धार्मिक, सांस्कृतिक महत्व भएका, सामाजिक प्रतिष्ठासँग जोडिएका नृत्य सञ्चालन गर्ने गुठियारहरुको प्रोत्साहन र प्रवर्धनका लागि महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा समयवजीलाई सजावट गरेर राखिएको थियो ।

    images
    images
    images

    कार्यक्रममा मजिपा लाखे, महाकाली, सवःभकु र पुलुकिसि नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले देवगणहरुको पूजा गरेका छन् ।

    यस्तै प्रवक्ता नविन मानन्धर, मूल समारोह समितिका संयोजक आशामान संगतसहित पदाधिकारीहरुले विशेष पूजामा सहभागी भएका थिए ।

    प्रशासकीय अधिकृत प्रदीप परियार, कार्यपालिका सदस्य, नगरसभा सदस्यसहित विभागीय प्रमुखहरु सहभागी भएका थिए । नृत्य अवलोकनका लागि उपत्यकाबाट नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई आमन्त्रण गरिएको थियो ।

    नृत्य प्रदर्शनीका क्रममा महानगरपालिकाका प्रमुख शाहले, पुलुकिसि नृत्यमा चिराक बोकेर पदप्रदर्शकका रुपमा सहभागी भएका थिए । यस क्रममा उनले पुलुकिसि नृत्य सञ्चालन गर्ने किलाघः त्वा सांस्कृतिक बाजा संरक्षण समितिलाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

    नृत्य प्रदर्शन गर्ने हरेक समुहलाई १/१ लाख रुपैयाँ प्रदान गरिएको थियो । नृत्य सञ्चालन गर्ने गुठी तथा समूहलाई प्रवक्ता शाहसँगै प्रवक्ता नविन मानन्धर, मूल समारोह समितिका संयोजक आशामान संगत, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक विनोदकुमार राजभण्डारीले चेक हस्तान्तरण गरेका थिए ।

    ‘जात्राका अवसरमा प्रदर्शन हुने यस्ता नृत्यहरुलाई अझ नजिकबाट हेर्न सकियोस् । नृत्यको मौलिकता जोगाउने योजना बनाउँदा यससँग सम्बन्धित सामग्री, कला, सिप तथा व्यवस्थापकीय अवस्था थाहा पाउनुपर्ने भएकोले यसको सुक्ष्म अवस्था हेर्न सकियोस् भनेर विशेष नृत्य प्रदर्शनी आयोजना गरिएको हो ।’ कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता मानन्धरले भने, ‘जात्रा सञ्चालन र व्यवस्थापनमा महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गरिरहेको छ ।’

    ‘विशेष प्रदर्शनीले यँयामा नयाँ आयाम थप गरेको छ ।’ मूल समारोह समितिका संयोजक संगतले भने, ‘हरेक गुठियारलाई जात्रा सञ्चालन र व्यवस्थापनमा प्रोत्सााहित गरेका छौँ । हामी उहाँहरुलाई प्रोत्साहित गर्छौँ । उहाँहरुले नेपाल मण्डलको पहिचानलाई जीवन्त बनाउनुहुनेछ ।’ नृत्य प्रदर्शनी सकिएपछि प्रसाद ग्रहण कार्यक्रम राखिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ