Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कार्यालय समयमा सरकारी डाक्टरले निजीमा काम गरे कारवाही गर्ने मन्त्री पौडेलेको चेतावनी


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 297
    SHARES

  • images
    कार्यालय समयमा सरकारी डाक्टरले निजीमा काम गरे कारवाही गर्ने मन्त्री पौडेलेको चेतावनी

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक निजी अस्पतालमा गए कारवाही हुने चेतावनी दिएका छन्। शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु उपलव्ध हुनुपर्ने भन्दै त्यसबिपरित निजी अस्पतालमा भेटिए कारवाही हुने बताएका हुन्। उनले मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।

    images
    images
    images

    स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ।

    मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भएकाले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए। मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको बताए।

    त्यस्तै मन्त्री पौडेलले सहकारी प्रकरणमा कसैले आफुलाई निर्दोष भन्नुभन्दा पनि प्रतिवेदनलाई राम्ररी अध्ययन गर्न सुझाव दिए। उक्त प्रतिवेदनलाई सरकारले पूणर् रुपमा कार्यान्वयन गर्ने उनको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ