Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 334
    SHARES

  • images
    सहकारी छानबिन संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

    काठमाडौं। सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदनमा सहकारी प्रकरणमा २९ जना फरारको सूचीमा रहेको संसदीय छानबिन विशेष समितिले जनाएको छ ।

    images
    images
    images

    समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिनुहुन सरकारलाई निर्देशन दिइएको जनाइएको छ । फरारको सूचीमा रहेकाहरु जीबी राई, भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, कांग्रैस उपसभापति धनराज गुरुङकीपूर्व श्रीमती ज्योति गुरुङलगायत रहेका छन्।

    फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारी सञ्चालकलाई उपस्थित गराइदिनका लागि सरकारलाई निर्देशन दिइएका व्यक्तिहरूको सूची यस्तो छ-

    १- स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका गितेन्द्रबाबु (जीबी) राई, हाल मलेसिया ।

    २-सुमेरू मचत तथा ऋण सहकारी संस्थाका भरत महर्जन, राजनाया महर्जन, सचिन महर्जन, सरला महर्जन र निमित्तराज श्रेष्ठ, सबै हाल बेलायत ।

    ३- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका नबहादुर बम्जन, हाल अमेरिका ।

    ४- सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका धानवहादुर बुढामगर, भुपेन्द्र राई, हालको अवस्था अज्ञात ।

    ५- शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाक तेजबहादुर बम्जन९तामाङ०, हाल भारतरयुरोप रहेको आशंका ।

    ६- इमेज बचत तथा ऋण सहकारी संस्थाका देवकुमार नेपाली, छेला नेपाली र दीपक पौडेल, हाल भारतमा ।

    ७- सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका तस्बिरन खातुन र असरफ अली, हालको अवस्था अज्ञात ।

    ८- सहारा बचत तथा ऋण सहकारी संस्थाक सागर केसी,

    ९- दिनेश रोशा र हेमन्त अधिकारी, हालको अवस्था अज्ञात ।

    १०- शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लीलानाथ गौतम, हालको अवस्था अज्ञात ।

    ११- नमस्ते वचत तथा ऋण सहकारी संस्थाका विष्णु प्रसाद रिमाल, हालको अवस्था अज्ञात ।

    १२- मेघा ड्रिम महुउद्देश्यीय सहकारी संस्थाका महाशंकर रेग्मी, हलको अवस्था अज्ञात ।

    १३- कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका प्रेमध्वज लामा, हालको अवस्था अज्ञात ।

    १४( स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाका राजेश श्रेष्ठ, हाल फरार ।

    १५- प्रभु सेभिङ्ग एण्ड क्रेडिट को(अपरेटिभका बुशचन्द्र श्रेष्ठ, हाल फरार ।

    १६- मितेरी वचत तथा ऋण सहकारी संस्थाकी ज्योति गुरुङ, हाल फरार ।

    १७- आर्जन बचत तथा ऋण सहकारी संस्थाका दीपक थापा ।

    १८- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बुद्धि गुरुङ ।

    १९- सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका राधेचन्द्र यादव ।

    २०- क्यापिटल सेभिड एण्ड क्रेडिट को-अपरेटिभका दिनेश पौडेल ।

    प्रतिवेदनको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ