Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश


ग्लोबल पाना
शुक्रबार, असोज ४ २०८१
  • 252
    SHARES

  • images
    राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन् । 

    images
    images
    images

    सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमासमेत पदपूर्तिको लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय भएको बताए ।


    उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ