Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

साउदी केम्पिनस्की होटलमा मनाइयो नेपालकाे संविधान दिवस


ग्लोबल पाना
शनिबार, असोज ५ २०८१
  • 690
    SHARES

  • images
    साउदी केम्पिनस्की होटलमा मनाइयो नेपालकाे संविधान दिवस

    साउदी । साउदी अरवियाको केम्पिनस्की होटलमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस एक कार्यक्रम गरी मनाएको छ ।

    images
    images
    images

    नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले साउदी अरबको केम्पिनस्की होटलमा विश्व चर्चित एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाको नेतृत्वमा नेपाली खानालाई परिचित गराउँदै संविधान दिवस मनाइएको हो।

    नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको पनि थापाले बताए ।नेपाली सांस्कृतिक विविधता झल्किने मौलिक सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियोे।

    कार्यक्रममा ३५० भन्दा बढी विदेशी नागरिकलाई नेपाली परिकारहरू जस्तै मःमः, फुरौला, सेलरोटी, थुक्पा, सेकुवा, रायोको साग, खसीको पक्कु र खीरको स्वाद चखाइएको पेस्ट्रि सेफ थापाले जानकारी दिनु भयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ