Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

सन नेपाल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सवमा बिरामीहरुलाई फलफूल वितरण


ग्लोबल पाना
आइतबार, असोज ६ २०८१
  • 368
    SHARES

  • images
    सन नेपाल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सवमा बिरामीहरुलाई फलफूल वितरण

    ✍️मानिकचन साह

    images
    images
    images

    बारा, ०६ असोज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ । ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो ।

    फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवको अवसरमा अस्पतालमा बिरामीलाई फलफूल वितरण गरिएको इन्स्योरेन्स कम्पनीका कलैया शाखाका मार्केटिङ्ग मैनेजर उपेन्द्र प्रसाद साहले जानकारी दिए ।

    कम्पनीका कलैया शाखाका शाखा प्रमुख नबिल पटेलको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा वरिष्ट एजेन्सी मैनेजर देवनारायण प्रसाद, मार्केटिङ्ग रोहित क्षेत्री, अभिकर्ता जितेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ